Sajhamanch Archive

अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

Published: (Updated: ) in विश्व समाचार by .

काम देशको रक्षा गर्नुपर्ने, जनताको सेवक एक सैनिक जवान। तर‚ उनैले थाइल्याण्डमा नरसंहार मच्चाए। सन्की स्वाभावका उनले थाइल्याण्डमा २५ जनाको ज्यान लिनुका साथै ३१ जना गम्भीर घाइते बनाएका छन्।

शनिबार थाइल्याण्डको एक शहरमा मानिसहरु किनमेल गर्न सपिङ महलमा व्यस्त थिए। उनीहरुलाई थाहा थिएन कि आफुहरुले अनाहकमा ज्यान गुमाउनु पर्ला भनेर। जब एक सैनिक जवानले सैनिक क्याम्पमा आफ्ना कमाण्डर र एक महिलालाई गोली हानी मारेर एम–६० हतियारका साथ सपिङ सेन्टर भित्र छिरे किनमेलमा व्यस्त नागरिकको भाग दौड मच्चियो। ती सैनिक जवानले ४८ वर्षीय कर्णेललाई गोली हानेका थिए भने एक ६३ वर्षीया महिलाको हत्या गरिसकेका थिए।

जब ती सैनिक जवान सपिङ सेन्टरमा पसे‚ उनले त्यहाँ पनि खाना खाइरहेका मानिसमामाथि गोली हाने। ग्यास सिलिण्डरमा गोली चलाए। सामान बेचिरहेकामाथि पनि गोली दागे। उनको यो हर्कतले अहिलेसम्ममा २५ जनाले ज्यान गुमाइसकेका छन्।

घटना भएको ठाउँमा प्रहरी आइपुग्यो‚ उनी त्यहीबाट अलप भई फेसबुमा लाइभ गर्न पनि भ्याए। उनलाई आत्मसमर्पण गराउन थाई प्रहरीले उनकी आमासँग पनि कुरा गरे।

थाइल्याण्डको राजधानी बैंककदेखि २५० किलोमिटर टाढा प्रान्त नाखोन रत्चासिमामा भएको घटनामा थाई प्रधानमन्त्री प्युट चान घटनास्थल पुगेका छन्। थाइ प्रहरीले ती सैनिकलाई १८ घण्टापछि गोली हानी सपिङ मलभित्रै मारेका छन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *