Sajhamanch Archive

कांग्रेसद्वारा माइतीघरमा प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप कांग्रेसको छ ।

माइतीघरमा प्रदर्शनमा उत्रिएका उनीहरुले ‘कठै अख्तियार, नेकपासामु लम्पसार’, ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’ लगायतका नारा लगाएका थिए ।

केही दिनअघि अख्तियारले ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तर, नेकपाका नेता र निकटका व्यक्तिलाई उन्मुक्ति दिएएको भन्दै नेपाली कांग्रेसले संसद र सडकबाट विरोध गरिरहेको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *