Sajhamanch Archive

अज्ञात समूहद्वारा स्काभेटर आगजनी

Published: in राष्ट्रिय समाचार, समाज by .

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-२ मयूममा अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ। अज्ञात समूहले चैनपुर-नुनढाकी सडकखण्डमा काम गर्दे गरे को. २ च ६००० नम्बरको स्काभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ।

अज्ञात समूहले चैनपुर-नुनढाकी सडकखण्डमा राखेको स्काभेटर शनिबार राती १२ बजे आगो लगाएका थिए। आगजनीबाट स्काभेटरको विभिन्न भागमा क्षति पुगेको अमर कन्ट्रक्सन निर्माण सेवाका थमान गुरुङले बताए।

अमर कन्ट्रक्सन निर्माण सेवाले चैनपुर-नुनढाकीको १९ किलोमिटर सडकखण्डमा काम गरिरहेको छ। स्काभेटर आगजनीको कसैले जिम्मा लिएको छैन। स्काभेटर आगजनी गर्न समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र खरेलले बताए । थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *