Sajhamanch Archive

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सिरहा । सिराहाको नरहा गाउँपालिका वडा नं.५ मा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

आज बिहान साढे ५ बजे ना४ख ९२४१ नम्बरको बसले लु१६प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मृत्यु हुनेमा सिराहा नगरपालिका वडा नं.३ रमौलका २९ वर्षीय अमन मण्डल र ४५ वर्षीय शैलेन्द्रकुमार मण्डल छन्।

अमनको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो। शैलेन्द्रको भने लहानको रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा बिहान ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *