Sajhamanch Archive

कारागरमा कैदीको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

चितवन । भरतपुर कारागरका एक कैदीको मृत्यु भएको छ।

भारत सिदार्थनगरका ६२ वर्षीय जफर अहमद्को मृत्यु भएको कारागार प्रमुख कमल प्रसाद काफ्लेले जानकारी दिए। क्यान्सर पीडित जफरको मंगलबार राति साढे १२ बजे मृत्यु भएको हो।

उनलाई उपाचारका लागि काठमाडौंबाट भरतपुर ल्याइएको थियो। मानव बेचबिखनको आरोपमा १० वर्ष कैद र पाँच लाख सजाय तोकिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *