Sajhamanch Archive

‘सुश्री सम्पति’ गीतमा सलोन, सारा र विनोदको रोमान्स

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । फिल्म सफल हुनमा गीत संगीतको ठूलो महत्व हुन्छ। त्यही बुझेर निर्माता निर्देशकले पनि आफ्नो फिल्मको गीतलाई राम्रो बनाउने प्रयास गरिरहेका हुन्छन्।

गीतकै माध्यमबाट फिल्मको प्रचारप्रसारलाई पनि सहयोग हुने भएकाले गीतको निर्माणमा विषेश ध्यान दिन थालिएको छ। भदौ २२ मा प्रदर्शन हुने फिल्म ’सुश्री सम्पति’ युनिटले पनि आफ्नो गीतलाई केही फरक गर्ने कोसिससहित अहिले धमाधम एक गीतको छायांकन गरिरहेको छ।

फिल्ममा समावेश ’हुकुम’ बोलको गीतमा दरबारमा भारदारहरूसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोसाक पनि त्यहीअनुरूप तयार गरिएको छ। सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा विशाल राई र मेलिना राइको स्वर रहेको छ।

झन्डै ८० भन्दा बढी कोरससहित छायांकन गरिरहेको यस गीतको भिडियोमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड छन्। भिडियोमा गम्भीर बिस्टको नृत्य निर्देशन रहेको छ। गीतलाई शिवराम श्रेष्ठले छायांकन गरिरहेका छन्। फिल्मका छायांकार भने अर्जुन तिवारी हुन्। सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको यस फिल्मको गीत पाटन दरबारलगायतको रमणीय दृश्यमा छायांकन भइरहेको छ।

फिल्ममा प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतको पनि अभिनय रहेको छ। फिल्ममा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन्।रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैँले लेखेका हुन्। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन्। अभिमन्यु निरवी र निर्देशक आचार्यको संवाद रहने फिल्मको पटकथा अभिमन्युकै रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *