एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहियो
Published: (Updated: )
by .एजेन्सी । अस्ट्रेलियाले एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहिएको बताएको छ ।
लामो समयको डढेलेको कारण जनावरको सङ्ख्या र वासस्थान मासिएकोले ती जनावरलाई तत्काल सहयोग चाहिएको अस्ट्रेलियाले बताएको छ ।
अस्ट्रेलियाले गरेको अध्ययनअनुसार दक्षिण र पूर्वमा जङ्गली जनावरले कम्तीमा ३० प्रतिशत बासस्थान गुमाएका छन् । एक सय १३ प्रजातिमध्ये केही प्रजाति लोप हुने अवस्थामा समेत पुगेको अध्ययनले देखाएको छ ।
अस्ट्रेलियामा पाइने भालु जस्तै जनावर लासका साथै चरा, माछा र भ्यागुता प्रजातिहरू सबैभन्दा धेरै जोखिममा रहेको पनि अध्ययनको प्रतिवेदनले देखाएको छ ।
डढेलेको कारण एक अर्बभन्दा धेरै जनावरको ज्यान गएको र ठूलो क्षेत्रफलमा जङ्गल र घाँसेमैदानहरुमा क्षति गरेको बीबीसीले जनाएको छ ।
Comments