Sajhamanch Archive

एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहियो

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । अस्ट्रेलियाले एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहिएको बताएको छ ।

लामो समयको डढेलेको कारण जनावरको सङ्ख्या र वासस्थान मासिएकोले ती जनावरलाई तत्काल सहयोग चाहिएको अस्ट्रेलियाले बताएको छ ।

अस्ट्रेलियाले गरेको अध्ययनअनुसार दक्षिण र पूर्वमा जङ्गली जनावरले कम्तीमा ३० प्रतिशत बासस्थान गुमाएका छन् । एक सय १३ प्रजातिमध्ये केही प्रजाति लोप हुने अवस्थामा समेत पुगेको अध्ययनले देखाएको छ ।

अस्ट्रेलियामा पाइने भालु जस्तै जनावर लासका साथै चरा, माछा र भ्यागुता प्रजातिहरू सबैभन्दा धेरै जोखिममा रहेको पनि अध्ययनको प्रतिवेदनले देखाएको छ ।

डढेलेको कारण एक अर्बभन्दा धेरै जनावरको ज्यान गएको र ठूलो क्षेत्रफलमा जङ्गल र घाँसेमैदानहरुमा क्षति गरेको बीबीसीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *