Sajhamanch Archive

हरियाली सामुदायिक वनको १० औं वार्षिक साधारणसभा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नंं.६ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

वनका अध्यक्ष जगतकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, बिर्तामोड नगरपालिका वडा नंं.६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वा, सामुदायिक वन उपभोक्ता महासंघका वेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापामा सामुदायिक वनले पर्यावरणमा टेवा पुर्याएको तर वन्यजन्तु र वनको चोरी तस्करीलाई नियन्त्रण गर्न भने केही चुनौती रहेको वक्ताहरुले औंल्याएका थिए।

कार्यक्रममा लामो समयसम्म वनको विकासका लागि काम गरेको भन्दै डम्बरबहादुर तामाङलाई सम्मान गरिएको थियो भने वनको कामको सिलशिलामा काठमाडौ जाँदै गर्दा दुर्घटनामा परि मृत्यु भएका चन्द्रबहादुर राईलाई सहिद घोषणा गर्दै उनकी आमा चन्द्रसुवी राईलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

साधारणसभाका अवसरमा समूहका अध्यक्ष,सचिव र लेखासमिति संयोजकले आ-आफना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपभोक्ता समूहका सदस्य मनकुमार भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्णमाया चौधरीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *