Sajhamanch Archive

दिब्यज्योतिको २३ औं वार्षिकोत्सब, शिक्षा सेवीसहित २२ जना सम्मानित

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बाह्रदशी गाउँपालिका – ३ राजगढमा रहेको दिब्यज्योति माध्यमिक विद्यालयले स्थापनाको २३ औं वार्षिकोत्सबमा समाजका अग्रज शिक्षा सेवीसहित शैक्षिक क्षेत्रमा अब्बल रहेका २२ जनालाई सम्मान गरेको छ । जसमा केही दाता समेत रहेका छन् ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच कृष्ण साह, चान महमद हुसेन, लक्ष्मीनारायण यादव, अर्जुन उप्रेती, समता दाहाल कार्की, भुपेन्द्र थापा, लोकनाथ ओलीलाई सम्मान गरिएको थियो । त्यस्तै नवीन रसाइली, ओम कार्की, कैलाश चौधरी बोगादेबी कार्की,छत्रवहादुर राजवंशी, कविन्द्र राजवंशी, अमित खरेल, प्रविन राजवंशी, ममता चौधरी, श्याम श्रेष्ठ, होमनाथ भट्टराई, रामकुमार गौतम र जफर आलम ‘गुण्डी’लाई सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोजकुमार खरेलले विद्यालयको शैक्षिक अवस्थाका विषयमा प्रकाश परेका थिए ।

कार्यक्रममा वाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेल,प्याप्सन झापाका अध्यक्ष एलपी उप्रेती, सम्मानित व्यक्तित्व कविन्द्र राजवंशी, विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ओली लगायतले बोलेका थिए ।

यसैबीच ओलीले विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने उद्देश्यले दुई लाख रुपैयाँको अक्षयकोष निर्माणका लागि सहयोग प्रदान गरेका छन् । विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष निर्माण गर्दै हरेक वर्ष विद्यार्थीलाई अध्ययनका लागि सहयोग पु¥याउने विद्यालयका प्रधानाध्यापक खरेलले बताए ।

२०५३ सालमा स्थापना भएको विद्यालय ग्रामीण क्षेत्रकै नमूना विद्यालयका रुपमा लिइन्छ । सो विद्यालयमा अहिले स्मार्ट प्रविधिबाट पठन–पाठन हुने भएकाले विद्यार्थीसंख्या समेत अधिक रहेको बताइएको छ । अहिले सो विद्यालयमा ७ सय ८८ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

विविध सास्कृतिक कार्यक्रम सहित भएको विद्यालयको वार्षिकोत्सबमा बिद्यार्थीले विद्यालयमा आर्जन गरेका कला कौशल समेत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका शिक्षक सञ्जय महत्तोले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *