Sajhamanch Archive

डेढ खर्बले घट्यो बजेट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by .

सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ ।

बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजित रकमको ९०.४ प्रतिशत हो ।

बजेटको आकारसँगै चालू, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालूतर्फ नौ खर्ब चार अर्ब ४६ करोड आठ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो । यसअघि सरकारले बजेटमा नौ खर्ब ५७ अर्ब १० करोड रुपियाँ चालू खर्च गर्ने लक्ष्य राखेको थियो ।

त्यस्तै चार खर्ब आठ अर्ब ५९ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा यसलाई संशोधन गर्दै तीन खर्ब २६ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । वित्तीय खर्चतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड रुपियाँ खर्च गर्ने लक्ष्य रहेकामा अर्धवार्षिक समीक्षामार्फत यसको आकार एक खर्ब ५४ अर्ब ६९ करोड रुपियाँ पु¥याइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *