Sajhamanch Archive

आज विश्व रेडियो दिवस

Published: in राष्ट्रिय समाचार by .

काठमाडौ, १ फागुन । यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता, प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेबमोजिम हरेक वर्ष आजको दिन रेडियोको भूमिका र महत्वबारे छलफल गरिँदै आइएको छ ।

नेपालमा विक्रम सम्बत २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रूपमा भने रेडियो नेपालको स्थापनासंगै २००७ साल चैत्र २० गते रेडियो सञ्चालन सुरु भएको हो ।

२०४९ मा कानूनी रुपमा व्यवस्था गरिएपछि नेपालमा २०५२ सालदेखि रेडियो नेपालले नै एफएम प्रसारण सुरु गरेको हो ।

हाल एफएम रेडियोको विस्तार भै अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् भने अधिकांश जिल्लामा आधा दर्जनबढी एफएम रेडियो सञ्चालनमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *