Sajhamanch Archive

नेपाली युवकको भारतमा गोली हानी हत्या

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नंं.१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ ।

कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा मोटरसाइकलमा सवार अज्ञात समूहले गोली प्रहार गरी यादवको हत्या गरेको हो ।

यादव बोदेबर्साइन नगरपालिका वडा नंं.८ स्थित एक ग्यारेमा काम गर्दै आएका थिए । ग्यासरेजको कामको सिलसिलामा यादवसँगै ग्यारेज धनी सत्येन्द्र यादव पनि सँगै थिए ।

सप्तरीका एसपी कृष्ण प्रसाईका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस भइरहेको छ । उनले भने, ‘गोली चलेको हल्ला छ । एक युवकको मृत्यु भएको भन्ने खबर आएको छ । यद्यपी घटनाको विस्तृत विवरण आइसकेको छैन् ।’

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *