Sajhamanch Archive

साउदीमा बढेको तलब कामदारले पाएनन्

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं। नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका हुन् । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सीप अनुसारको मासिन पारिश्रमिक र खाना सूविधा सम्बन्धी निर्णय गरेको भएपनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन ।

साउदीस्थित नेपाली दूतावासले हालै सार्वजनिक गरेको २०७६र७७ को प्रथम चौमासिक प्रगति प्रतिवेदनमा कतिपय रोजगारदाताले श्रमिकको सेवा सुविधा नेपाल सरकारले तोके अनुसार नदिएको जनाएको छ । कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *