Sajhamanch Archive

जंङ्गली हात्तीको उपद्रोको कारण स्थानीय त्रसित

Published: in राष्ट्रिय समाचार, समाज by .

कमल । जंङ्गली हात्तीको उपद्राकोे कारण अहिले कमल गाउँपालिका वडा नम्वर ३ सानोकेर्खाका स्थानीय हैरान भएका छन् । २० दिन देखि लगातार रुपमा जंङ्गली हात्तीले गाउँपसेर घर भत्काउने धान खाने , फलफुल खाने गर्नाले स्थानीयवासी हैरान भएका हुन् । यसरी हात्ती गाउ पस्न थाले पछि स्थानीयवासीको निद्रा र भोक हराएको छ । हात्ती भगाउनका लागी गाउँपालिकासग पटका, सडक वत्ति र साईर मागे पनि अहिले सम्म उपलब्ध नभएको स्थानिय भिम चापागाई बताउछन् ।

हात्तीले घर भत्काएर धान खानुका साथै घरभित्र रहेका दराज, टिभी, फ्रिजमा समेत क्षति पुर्याको अर्का स्थानीय सिता भण्डारी बताउछिन् । यसरी हात्ती गाउ ँपसरे स्थानीयलाई दुःख दिन थालेको दुई हप्ता वितिसकेको छ । हात्तीले स्थानीय कर्ण वहादुर वोहोरा , हिमाल भण्डारी,भिम चापागाई र हर्क वहादु वि.क को घरमा क्षति पुर्याएको छ ।

यसरी हात्तीले गाउँमा वितण्ड मच्चाउन थालेको दुई हप्ता वितिसक्दा पनि गाउँपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयले दुःख व्यक्त गरेका छन् ।
हात्तीका कारण के कति क्षति भयो लागत संकलगर्ने काम भैरहेको छ अब केही दिन भित्रनै वहाँहरुलाई राहात उपलब्ध गराईने कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिए ।

हात्ती गाउँपसेर उपद्रो मच्चाउन थाले देखी नै स्थानीय त्रसित भएका छन् । स्थानीयले वर्षभरि खानका लागी जोहो गरेको अन्नपात हात्तीले खाईदिएपछि अव के गर्ने भन्ने चिन्ता छ छदैछ त्यो सगै बस्ने घर समेत भत्काएपछि बसैनै जनुपर्ने अवस्था आएको स्थानीय बताउछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *