कमल गाउँपालिकामा सर्वपक्षीय छलफल
Published: (Updated: )
by .
कमल । कमल गाउँपालिकाले शुक्रबार विभिन्न एजेण्डामाथि छलफल गरी सर्वपक्षिय निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुन ४ गत झापा आउने कार्यक्रम तय भएकाले गाउँपालिकाको तर्फबाट पेश गरिने एजेण्डामाथि सर्वपक्षिय छलफल चलाएको हो ।
छलफलबाट रतुवा, कमल, केर्खा, ढयाग्री, गेउरिया, भुत्लुङ्गर र किस्ने खोलामा दिर्घकालिन तटबन्धन, मंगलवारे क्याम्पा शिवगंज सडक कालोपत्रे, अन्तराष्ट्रिय रङ्गशाला, आदिवाशी संग्रालय बनाउनका लागि प्रधान मन्त्रीको ध्याकर्षण गराउने निर्णय भएको छ । त्यस्तै धार्मिक वन, रतुवामाई वृक्षारोपणलाई कृषि बनको रुपमा विकास गर्नु पर्ने, सुकुम्बासी समस्या समाधान , गाउँपालिकामा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने लगायतका विषयहरु प्रधानमन्त्री समक्ष पेश गरिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
छलफलमा नेकपाका अध्यक्ष भिमप्रसाद राई नेपाली कांग्रेस कमल गाउँ समिति सभापती खगेन भण्डारी ,महा समिति सदस्य राजन ढुङ्गाना, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च तथा संघीय लिम्बुवान मञ्चका केन्द्रिय सुर्यप्रसाद लिम्बु, जनमुक्ति पार्टीका अध्यक्ष मनबहादुर थापामगर राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल गाउँ समिती सह अध्यक्ष त्रिलोचन आचार्यको उपस्थिती रहेको थियो
Comments