Sajhamanch Archive

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । मोरङमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

मोरङमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिराहा सुखीपुर नगरपालिका वडा नंं.२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका वडा नंं.२ का २८ वर्षीय हरेराम साह रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए । राइन मोटरसाइकल चालक हुन् ।

विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरु घाइते भएका थिए ।

मोटरसाइकलमा तीन जना सवार थिए । घाइते अवस्थाका तीनै जनालाई कोशी अञ्चल अस्पताल पठाइएको थियो । दुई जनालाई चिकित्सकले मृत घोषित गरेका थिए । सप्तरी रुपनीका १८ वर्षीय धनराज यादवको उपचार भइरहेको छ । उनको खुट्टा भाच्चीएको छ ।

तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा टिपरले ठक्कर दिएको थापाले बताए । मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *