Sajhamanch Archive

विश्वकपमा बाजी जितेको रकम, अपाङ्ग बालबालिकालाई सहयोग

Published: (Updated: ) in विविधा by .

मेचीनगर । झापा मेचीनगरका एक युवाले बिश्वकप फुटबलमा बाजी जितेको पैसा आपाङ्ग वालबालिकालाई सहयोग गरेका छन् ।

बैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका मेचीनगर—३ वडाखालका निश्चल श्रेष्ठले अर्जुनधारा—६ स्थित आपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई नगद १० हजार सहयोग गरेका हुन् ।

श्रेष्ठका बुबाआमाले बुधबार सरोकार केन्द्र पुगेर सञ्चालक कृष्णदेव दुलाललाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सहयोग रकम बुझ्दै बाल सरोकार केन्द्रका सञ्चालक दुलालले श्रेष्ठ परिवारलाई धन्यवाद दिए । उनले आगामी दिनमा अन्य पक्षबाट समेत सहयोगको अपेक्षा गरिएको समेत जानकारी गराए ।

श्रेष्ठ विगत लामो समयदेखी वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदै आएका छन् । विश्पकपको फाइनलमा आफ्नै साथीसँगको बाजीबाट आएको रकम आपाङ्ग बालबालिकालाई सहयोग गरी उदारणीय बनेका छन् ।

श्रेष्ठले यसअघि पनि सामाजिक कार्य गर्दै आएको बताइएको छ । वि.सं. २०६९ सालमा स्थापित अपाङग् बाल सरोकार केन्द्रमा १२ जना अपाङ्ग बालबालिका रहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *