Sajhamanch Archive

मछिन्द्र क्लबले रच्यो इतिहास

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ ।

अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराएर इतिहास रच्दै मछिन्द्र क्लबले उपाधि जितेको हो ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा मछिन्द्रले १-० को अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङको आत्मघाती गोलमा मछिन्द्रले अग्रता लिएको थियो ।

मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएको थियो । त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।

मछिन्द्रले गरेका दुईवटा गोल अफसाइडका कारण डिस्क्वालिफाइड भएको थियो ।

बराबरी गोल फर्काउन नसक्दा आर्मी उपाधि जितेर इतिहास रच्नबाट चुक्यो । आर्मीलाई यो खेलमा बराबरी नै उपाधि जित्नका लागि पर्याप्त हुन्थ्यो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *