Sajhamanch Archive

प्रधानमन्त्री ओलीको वेबसाइटमा पोर्न भिडियो अपलोड

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ ।

व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ ।

सन् २०१७ को मार्च अन्तिमतिरसम्म व्यक्तिगत जानकारी समेटिएको ओलीको वेवसाइट अस्तित्वमा देखिएपनि त्यसपछि भने अर्कै व्यक्तिले दर्ता गरेर दुरुपयोग भएको देखिन्छ । लामो समयसम्म ओलीले सो डोमेन नवीकरण नगरेपछि अर्कैले दर्ता गराएर दुरुपयोग गरेको बुझिएको छ ।

चीनको छेन्दु वेस्ट डायमेन्सन डिजिटल टेक्नोलोजीले सन् २०१९ को मे २८ मा सो वेवसाइटको डोमेन पुनः दर्ता भएको देखिन्छ । यस्तै डोमेनको म्याद सकिने मिति आगामी मे २८ उल्लेख छ । आईपी लोकेसन क्यालिफोर्निया देखाइएको डोमेन दर्ता गरिँदाको आईपी ठेगाना 156.238.216.62  देखिएको छ ।

उक्त वेवसाइटमा अहिले सयौँ अश्लिल भिडियोहरु राखिएको छ ।

यस्तो तथ्य थाहा पाएर सो वेवसाइट सरकारले बन्द गराएको भएपनि भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ । भीपीएन प्रयोग नगरी खोल्दा भने संचार तथा सूचना प्रविधि मन्त्रालय, तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशन बमोजिम वेबसाईट बन्द गरिएको उल्लेख गरिएको छ । व्यक्तिगत वेवसाइट नवीकरण नगरेका ओलीको अहिले अर्कै वेवसाइट http://kpsharmaoli.com.np/ सञ्चालनमा छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *