Sajhamanch Archive

डाक्टर सिंहले यसरी बचाए कार्कीको ज्यान

Published: (Updated: ) in स्वास्थ्य by .

भद्रपुर । पिसाब नलीमा देखा परेका ढुङ्गाले दुवै मृगौला गुम्ने खतराबाट मुक्त गराई एक बिरामीलाई अस्पतालका चिकित्सकले सफल शल्यिक्रया गरी घर फर्काएका छन् ।

झापाको मेचीनगर नगरपालिका १० स्थित धुलावारी निवासी ४४ बर्षीय सन्तबहादुर कार्की विगत एक महिनाअघि पिसाव गरेलगतै पेट दुख्ने र ज्वरो आउने रोगबाट ग्रसित भई थला परेका थिए ।

चालक पेशामा कार्यरत कार्की बिर्तामोडका औषधि पसलबाट औषधि सेवन गरी रोग निको हुने मनसाय थिए । औषधि सेवनबाट पनि रोग निको नभएपछि स्थानीयको सल्लाह बमोजिम उनी उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुगे । अस्पातलका चिकित्सक डा. शशि सिंहले उनको शारीरिक परिक्षण गर्दै दुवै पिसाव नलीमा ढुङ्गा जमेकोले पिसाव बन्द भएको र त्यसको असर दुवै मृगौलामा परिसकेको जानकारी गराएपछि कार्की परिवारजनमा निराश छाएको थियो ।

तर, अस्पतालका चिकित्सक डा. सिंहले दुवै पिसाव नलीको ढुङ्गा विना चिरफार गरी पिसिएनएल अन्तरगतको दुरविन पद्धतिबाट उपचार गराई भाईलाई नयाँ जिवन दिएको उनका दिदी गुडिया सोनामले बताइन् ।

‘पिसाव नलीका कारण भाईको दुवै मृगौलामा समस्या देखा परिसकेको थियो’, उनले भनिन्– ‘चिकित्सकले तत्काल उपचार नगराई मृगौला काम लाग्दैन, पछि डाइलोसिस गर्नुपर्ने अवस्था हुन्छ ।, त्यसैले एकैसाथ पिसाव नलीको शल्यिक्रया गर्नुपर्ने हुन्छ, यो शल्यिक्रया जटिल भएको हुदाँ जे पनि हुन सक्छ भनेपछि आफूलाई भाई गुमाउने चिन्ताले सताइरहेको थियो, उनले थपिन् । उनले भनिन्– ‘त्यस्तो नराम्रो केही भएन् चिकित्सकले जटिल शल्यिक्रयालाई पनि सहज बनाइ भाईलाई जिवन दिएकोमा आफु अस्पताल परिवारप्रति आभारी छु ।’

उपचारमा संलग्न चिकित्सक डा. सिंहले भने, “दुवै पिसाव नली बन्द भएको हुदाँ उनको मृगौलामा इन्फेक्सन भइसकेको थियो, आम मानिसको मृगौला ०.६ देखि १.४ एमजि÷डिएल हुनुपर्नेमा उनको मृगौलामा इन्फेक्सन भई ३.३५ एमजि÷डिएल पुगिसकेको थियो ।” ‘यस्तो समस्या मृगौलामा देखा परेपनि उनको दुरविनबाट सफल शल्यक्रिया गराएको र अहिले उपचारपछि उनको मृगौला आम मानिसको जस्तो हुनुपर्ने त्यस्तै भइसकेको छ, उनले भने ।

उपचारपछि कार्कीले भने, ‘म बाँच्दिन जस्तो लागिसकेको थियो, ‘तर’ अस्पताल र अस्पातलका चिकित्सकले मलाई बचाउनुका साथै मृगौला पनि केही हुन दिएन ।’ आफ्नो उपचारको क्रममा १ लाख ७० हजार खर्च भएपनि अन्य अस्पतालको तुलनामा कम खर्च भएको आफूले महसुस गरेको उनले बताए । यसबाट आफू र आफ्नो परिवार पूर्ण रुपमा सन्तुष्ट भएको उनले प्रतिक्रिया समेत दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *