Sajhamanch Archive

स्याटलाइट ट्रान्समिटर जडान गरिएका गिद्ध यस्तो अवस्थामा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो ।

अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ । उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ । यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो ।

हालसम्म स्याटलाइट जडान गरिएका तीनवटा गिद्धको स्याटलाइटले फरक फरक सूचना दिइरहेको छ । “एउटा हिमाली गिद्ध भारतको मध्यप्रदेश पुगिसकेको खबर स्याटलाइटबाट प्राप्त भएको छ, अर्को गिद्ध सुदूरपश्चिमको खप्तड हुँदै दैलेख, बर्दियाको माथिल्लो भेगमा विचरण गरिरहेको पाएका छौँ,” सुवेदीले भने ।

तेस्रो गिद्ध भने दुई दिन पोखरा घुमेर बुटवल, पूर्व रामनगर हुँदै पाल्पा तानसेनमा डुलिरहेको छ । यसरी तीनवटा गिद्धले तीन फरक फरक क्षेत्रमा आफ्नो यात्रा गर्दा त्यहाँको रहनसहनसँग घुलमिल हुँदै यात्रामा अघि बढिरहेको पाइएको छ । गोरखापत्र दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *