Sajhamanch Archive

आजदेखि तेस्रो सताक्षी गोल्डकप, आयोजक र मनाङ्ग मस्याङ्दी क्लव भिड्ने

Published: in खेलकुद by .

शिवसताक्षी । शिवसताक्षीमा तेस्रो संस्करणको सताक्षी गोल्डकप आज आइतबारबाट सुरु हुँदैछ ।

शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आज २ बजे गोल्डकपको उद्घाटन गरिने आयोजक सतासीधाम स्पोटिङ्ग क्लबले जनाएको छ । यस अघि फागुन ३ गतेबाट गोल्कप सुरु भनिए पनि लिगका कारण ४ गते सारिएको आयोजकले जनाएको छ ।

उद्घाटन खेल आयोजक सताक्षीधाम स्पोर्र्टिङ्ग क्लव झापा र मनाङ्ग मस्याङ्दी क्लव काठमाण्डौ विच हुने छ ।

प्रतियोगितामा विदेशी एक दार्जिलिङ्ग फुटबल क्लव सहित नेपालका ए डिभिजनका नेपाल आर्मी, थ्री स्टार क्लव, मछिन्द्र क्लव काठमाण्डौ, मनाङ, बेलवारी मोरङ्ग र रुपन्देही ११ ले प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ्गले बताए। प्रतियोगितामा यस पटक भने घरलु अर्को चर्चित टिम झापा ११ ले भने सहभागिता नजनाउने निश्चित भएको छ ।

झापा ११ का टिम कोच प्रवेश कटुवाल सहित अधिकांश खेलाडीहरु काठमाण्डौका ए डिभिजनका क्लवहरुमा अनुबन्ध भइसकेकोले यस सिजनमा झापा ११ लाई खेलमा समावेश नगराइएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा दर्शकका लागि १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ६ लाख र ३ लाख रुपैँया पाउने छ । सर्वोकृष्ट खेलाडीले ५० हजार पाउने र विधागत खेलाडीले नगद २० हजार र हरेक म्याचको म्याद अफ द म्याचका खेलाडीले नगद १० हजार रुपैँया पाउने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता संचालन गर्न अनुमानित ७४ लाख रुपैँया लाग्ने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए । गोल्डकपका लागि शिवसताक्षी नगरपालिकाले १० लाख रुपैँया सहयोग गरेको छ । झापाकै प्रतिष्ठित मानिने यस अघिको दुबै संकरणहरु विभागिय टिमले जितेका छन । पहिलो संकरण नेपाल पुलिस क्लव र दोस्रो संकरण त्रिभुवन आर्मीले हात पारेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *