Sajhamanch Archive

सैन्य फोर्सको आक्रमणमा ३१ को मृत्यु,

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by .

यमन । यमनको होथी विद्रोहीले साउदी र युएई नेतृत्वको सैन्य गठबन्धनको हमलामा ३१ जना मारिएको दाबी गरेको छ ।

उनीहरुको मृत्युले संयुक्त राष्ट्रसंघले युद्धग्रस्त देशलाई निःशस्त्र पार्न असफल भएकोसमेत यमनले आरोप लगाएको छ । उत्तरी अल जावफ प्रान्तमा भएको हवाइ हमलामा ती बालबालिका र महिला मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सैन्य गठबन्धनले विद्रोहीलाई लक्षित गरी हवाइ हमला गर्दा ती सर्वसाधारण मारिएको समाचारमा जनाइएको छ आक्रमणमा पनि कयौं घाइते भएको समेत समाचारमा उल्लेख छ । साउदी नेतृत्वमा रहेको दुई देशको संयुक्त सैन्य गठबन्धनले सन् २०१५ मा यमनको द्वन्द्वमा हस्तक्षेप गरेसँग राष्ट्रपति अब्द रब्बू मन्सुर हादीको पनि समर्थन रहेको छ ।

लामो समयदेखि जारी द्वन्द्वमा हजारौं सर्वसाधारणको मृत्यु भइसकेको छ भने, साउदी अरेबिया र युएईले संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्सबाट अर्बौ डलर बराबरको हतियार खरिद गरेका छन् ।

गठबन्धनले गरेको आक्रमण र विस्फोटका घटनाबाट सयौं सर्वसाधारण मारिएको भन्दै सर्वत्र आलोचना पनि हुँदै आएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *