Sajhamanch Archive

कृषि फार्ममा आगलागी, ९ लाख बराबरको क्षति

Published: in राष्ट्रिय समाचार by .

दाङ । यहाँको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ ।

बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित कम्पनीले उत्पादन गर्दै आएको बनाना चिप्स र नमकिन उत्पादनका क्रममा प्लास्टिकबाट आगो सल्किएको फर्मका सञ्चालक भागवत कमलापुरीले जानकारी दिए ।

आगलागीबाट कम्पनीले उत्पादन गरेका नमकिन तथा चिप्स पूर्णरुपमा जलेका छन् भने केही मेसिनमा समेत क्षति पुगेको छ । आगलागीबाट फर्ममा झण्डै रु नौ लाखको क्षति भएको सञ्चालक कमलापुरी बताए ।

तुल्सीपुर–८, अश्वारामा रहेको कृषि फर्मले केही महिनादेखि विभिन्न परिकारका चिप्स तथा नमकिन उत्पादन गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *