Sajhamanch Archive

निमित्त डिभिजन प्रमुख भट्ट १ लाख घुससहित पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बैतडी । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलय पाटन बैतडीका निमित्त डिभिजन प्रमुख सुरेशराज भट्ट १ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोलीले आज बिहान ९ बजे उनलाई पक्राउ गरेको हो ।

चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कन्चनपुर कार्यालयका सुचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

उनलाई आज महेन्द्रनगरमा राखिने र भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल लगिने विष्टले बताए ।

सुचना अधिकारी विष्ट भन्छन्, चमेलीया नदी नियन्त्रण तथा तटबन्धन आयोजनाको उपभोक्ता समितिसँग सुरेशप्रसाद भट्टले २ लाखमा बार्गेनिङ गरेका रहेछन् । अहिले १ लाख बुझाउँदै गर्दा उनी समातिएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *