Sajhamanch Archive

३० लाखमा बिक्यो ‘प्रेमगीत ३’ को यूरोप राइट्स

Published: (Updated: ) in टिप्स/जानकारी by .

निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको छेतेन गुरुङ र सन्तोष सेन निर्देशित यस वर्षको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को अहिले धमाधम विदेश राइट्स विक्री भैरहेको छ ।

हालै नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि ५१ लाखभन्दा बढी मूल्यमा फिल्म विक्री भएको थियो । यसबीच, यूके र यूरोपका आठ देशका लागि पनि फिल्म विक्री भएको छ ।

इनास चलचित्र प्रबर्द्धन समितिका ग्लोबल संयोजक मनिष श्रेष्ठले यूके र यूरोपका आठ देशका लागि २३ हजार ५ सय यूरो (नेपाली ३० लाख) मा फिल्मको राइट्स खरिद गरेका हुन् ।  योसँगै फिल्मले नेपाल प्रदर्शनभन्दा अगाडि नै विदेश राइट्सबाट ८१ लाखभन्दा बढी कमाई गरेको छ ।

फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङ प्रमुख भूमिकामा छन् । यी दुईसँगै फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्म नेपाली नयाँ वर्षको अवसर पारेर आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । क्रिस्टिनाले यही फिल्मबाट डेब्यू गर्न लागेकी हुन् ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *