Sajhamanch Archive

नक्कली इन्सपेक्टर झापाबाट पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

झापा । नेपाल प्रहरीको इन्सपेक्टर बनेर असईमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका घर भएका २२ वर्षीय विजय वाग्ले रहेका छन् ।असईमा जागिर लगाइदिन्छु भन्दै दुई जनासँग डेढ लाख रुपैयाँ ठगी गरेको आरोपमा वाग्ले पक्राउ परेका हुन् ।

कामको सिलसिलामा एक महिनाअघि भारतको सिलिगुडी जाँदा पीडित भनिएका दुई जनासँग वाग्लेको भेट भएको थियो । सो समय उनले आफू नेपाल प्रहरीको इन्सपेक्टर रहेको र हाल विराटनगर तालिम केन्द्रमा कार्यरत रहेको भन्दै परिचय पत्र देखाएका थिए । उनले डीआईजी साप आफ्नो ठूलो बुवा भएको बताउँदै प्रहरीमा जागिर खाने भए आफूलाई सम्पर्क गर्न आफर दिएका थिए ।

उनले सो बेला पीडित भनिएकाहरुको नम्बर लगेर केही दिनपछि असईको जागिर खुलेको भन्दै दुई जनालाई नै काँकरभिट्टा बोलाएका थिए । उनले दुवैलाई फारम भर्न लगाएर प्रक्रिया मिलाउन १/१ लाख रुपैयाँ माग गरेका थिए ।

जागिर पाउने आशामा पीडितमध्ये एक जनाले वाग्लेलाई ५० हजार र अर्काले एक लाख रुपैयाँ बुझाएका थिए । तर, त्यसपछि भने वाग्लेले फोन उठान र भेट्न छाडेका थिए ।

वाग्लेको व्यवहारमाथि शंका लागेर दुई काँकरभिट्टा ईलाका प्रहरी कार्यालयमा पुगेका थिए । पछि वाग्ले फेरि पैसा चाहियो भन्दै सम्पर्कमा आएपछि प्रहरीले उनलाई मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टा बजारबाट पक्राउ गरेको थियो ।

उनको साथबाट प्रहरीले प्रहरी निरीक्षकको दज्र्यानी चिन्हसहितको प्रहरीको बर्दी लगाएको फोटोसहितको नक्कली परिचय पत्र पनि बरामद गरेको छ । उनीमाथि ईलाका प्रहरी कार्यालय काकरभिट्टामा ठगी र सरकारी कागज किर्ते शीर्षकमा मुद्दा दर्ता गरिएको र झापा जिल्ला अदालतको अनुमतिले थप अनुसन्धान भइरहेको छ ।

 

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *