Sajhamanch Archive

इलामका नगर तथा गाउँपालिकामा छैन,सार्वजनिक शौचालय

Published: (Updated: ) in समाज by .

इलाम । खुल्ला दिशा मुक्त घोषणा गरिएको २ वर्ष वितिसक्ता पनि इलामका अधिकांश सरकारी कार्यालयहरुमा शौचालय नहुँदा सेवा ग्राहीले सास्ती व्यहोर्नु परेको छ ।

धेरैजसो इलामका गाउँपालिका र नगरपालिकाको केन्द्रमा अहिले सार्वजनिक शौचालयको अभाव देखिएको छ । इलामको देउमाई नगरपालिकाको केन्द्र रहेको मंगलबारे बजारमा सार्वजनिक शौचालय छैन । बजार भन्दा केही तल रहेको प्राथमिक स्वास्थ्य केन्द्रको शौचालयलाई सार्वजनिक शौचालय घोषणा गरिएपनि धेरै मानिसहरु त्यहाँ पुग्दैनन् ।

प्रत्येक मंगलबार हाट लाग्ने मंगलबारे बजारका स्थानीयदेखि बजार पुग्ने थुप्रै शौचालयको अभावमा छटपटिन्छन् । बजार क्षेत्रमानै सार्वजनिक शौचालय नहुँदा धेरैलाई सास्ती हुने गरेको मंगलबारेका स्थानीय बताउँछन् । पश्चिमी क्षेत्रकै ठूलो बजारको रुपमा रहेको मंगलबारेमा बैंक, नापी, मालपोत, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय छन् ।

इलामको मँगलबारे मात्र होइन सदरमुकाममा समेत ब्यवस्थित शौचालयको अभाब उत्तिकै छ । जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको दुई वर्षभन्दा बढि समय वितेपनि बजार क्षेत्रमा सार्वजनिक शौचालय बन्न सकेका छैनन् ।

यस्तै सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा सार्वजनिक शौचालय भएपनि भएको शौचालयको रेखदेख राम्रो नहँुदा धेरै समस्या भएको स्थानीय युवाहरुको गुनासो छ । रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाको हर्कटे बजारमा पनि सार्वजनिक शौचालयको अभाव नै छ ।

हर्कटेमा बनेको एउटा सार्वजनिक शौचालय स्थापना भएयता प्रयोगमा ल्याइएको छैन । पानीको अभाव देखाउँदै सार्वजनिक शौचालयमा ताला लगाइएको छ ।

पाँच वर्ष अघिनै बनेको शौचालय बन्द हुँदा आवश्यक परेकाहरुले समेत खुला रुपमा शौच गर्नुपर्ने बाध्यता छ र खुल्ला ठाँउमा शौच गर्दा मानिसमा बिभिन्न रोग लाग्ने खतरा हुने जिल्ला अस्पताल इलामका डा। पवनजङ्ग रायमाझी बताउँछन् ।

बजारको रुपमा विकास हुँदै गरेको धेरैजसो ठाउँमा सार्वजनिक शौचालय छैन । भएकाको कतिपय ठाँउका पनि प्रयोग बिहिन बनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *