Sajhamanch Archive

नेविसंघको कविता प्रतियोगीताको उपाधि हरिकुलका सृजनलाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नेपाल विद्यार्थी संघ कनकाई नगरसमितिको आयोजनामा मावि स्तरिय कविता प्रतियोगीता आज सुरुङगामा सम्पन्न भएको छ ।

नेविसंघ कनकाई नगरसभापति सागर ढकालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथि नेविसंघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेती रहेका थिए ।

फागुन ७ गते आज प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र शिर्षकमा गरिएको प्रतियोगितामा हरिकुल माविका सृजन श्रेष्ठ प्रथम, सरस्वती माविका एन्जिला रिमाल द्वितीय र विद्योदय माविका आकृति थपलिया तृतीय भइन् भने पाथिभरा अंग्रेजी विद्यालयका कुशल कँडेल र चम्पा फ्लावर्सकानिशा मगर सन्तवना भइन् ।

विद्यार्थीहरुको हक, हित र अधिकारका लागि विभिन्न कार्यहरु गर्दै आएको नेविसंघ कनकाईले विद्यार्थीहरुमा रहेको अन्तरनीहित प्रतिभा तथा अक्तिरिक्त क्रियाकलापलाई बढि जोड दिन यस्ता कार्यक्रमको आयोजना गरेको झापा जिल्ला सदस्य गोकुल पौडेलले बताए ।

उक्त कार्यक्रममा नेविसंघका नेता अशोक पाठक, उदित दाहाल, सुरज उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *