Sajhamanch Archive

लिग विजेता मच्छिन्द्र तेस्रो सताक्षी गोल्डकपको सेमीफाइनलमा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by .

शिवसताक्षी । ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब सताक्षी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा गोर्खा वइज रुपन्देहीलाई २–१ गोल अन्तरले पछि पार्दै मच्छिन्द्र फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्रले सेमीफाइलनमा त्रिभुवन आर्मीसँग सामाना गर्नेछ ।

खेलको १६ औं मिनेटमा गोर्खा व्वइजका काजिमले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । गोर्खाका खेलाडी ओलाकाजीको पासलाई भरपुर सदुपयोग गर्दै काजिमानले गोल गर्न सफल भएका हुन् ।

त्यस्तै खेलको २५ औं मिनेटमा रञ्जित धिमालले गरेका कर्नर प्रहारलाई विदेशी खेलाडी आन्द्रेस निअले गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो ।

खेलको ३३ औं मिनेटमा मछिन्द्रले अर्को गोल थप्दै दोब्बरले अग्रता कायम गरे । सरोज योञ्जनको हातमा बलले छोएपछि पाएको पेनेल्टीलाई मछिन्द्रका विमल घर्ती मगरले गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दी म्याच मछिन्द्रका विमल घर्ती मगर घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । खेलमा दुवै तर्फबाट गरिएको उत्कृष्ट प्रहार बाहिरिएको थियो ।

सताक्षी गोल्डकपको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् । भोली विहीबारको पहिलो सेमीफाइलन खेल आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लब र रुस्लान थ्रिस्टार क्लब बीच हुनेछ । खेल गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *