Sajhamanch Archive

प्रजातन्त्र दिवसमा सतासीधाम जेसीजद्वारा दीप प्रज्ज्वलन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । प्रजातन्त्र दिवसमा झापाको शिवसताक्षीमा बुधबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । सतासीधाम जेसीजको आयोजनामा ७० औं प्रजातन्त्र दिवसको अवसरमा शिवसताक्षीको दूधेमा शान्तिका लागि दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलको क्रममा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा स्वरुप प्रजान्तत्र दिवस मनाउने गरेको बताइन् । प्रजातन्त्रमा मानिसको आधारभूत आवश्यकता गाँस, बासँ, कपासको व्यवस्थाका लागि जनताले आफ्नो हातबाट चुनिएका जनप्रतिनिधी भएर आएपछि हरेक जनताका दुःख सुखमा साथ दिदै विकास निर्माणमा लागेको जानकारी दिइन् ।

त्यस्तै सतासीधाम जसीजका पूर्व अध्यक्ष महेन्द्र भट्टराईले महान शहीदहरु दशरथ चन्द्र ठाकुर, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल जस्ता शहीदहरुको बलिदानबाट प्रजातन्त्रको प्रादुर्भाव भएको बताए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको जानकारी दिए ।
सतासीधाम जेसीज वर्ष २०२० अध्यक्ष कुमारसिंह साँवाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, शिक्षक शिव आङ्गवो, यादव प्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *