Sajhamanch Archive

नेपालमै आयुर्वेदिक उत्पादन गर्न रामदेवको कार्यक्रम, एक हजार योगगुरु नेपाल ल्याउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

योगगुरु रामदेव ‘नेपालमै आयुर्वेदिक औषधि उत्पादन, गुरुकुल स्थापना र भ्रमण वर्षलाई सफल पार्ने’ उद्देश्यका साथ नेपाल आउने भएका छन् ।

करिब एक हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति र कर्मचारीसहित उनी नेपाल आउन लागेका पतञ्जली योगपीठ नेपालका संरक्षक शालिकराम सिंहले जानकारी दिए ।

आगामी चैत २२ देखि पोखरामा आयोजना हुने तीनदिने योग शिविर सञ्चालन गर्ने र पश्चिमाञ्चलको तीन स्थानमा गुरुकुल संस्था सञ्चालनको भूमिपुजा गर्न नेपाल आउन लागेका हुन् ।

संरक्षक सिंहका अनुसार योग शिविर र नेपाल भ्रमण सफल पार्न ५ सयदेखि १ हजार जनासम्म गुरु र पतञ्जलीका उच्च अधिकारी नेपाल आउनेछन् । नेपाल समाचारपत्रबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *