Sajhamanch Archive

काँग्रेस सांसदबाट राष्ट्रियसभा बैठक अवरुद्ध, सञ्चारमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने घोषणा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं । काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका थिए । उनले तीनवटा माग पुरा नभएसम्म बैठक चल्न नदिने बताएपछि काँग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए ।

बैठकमा अध्यक्ष गणेश तिमिल्सनाले प्रकृयाअनुसार माग सम्बोधन गर्नतर्फ लाग्ने जानकारी गराएपनि सांसदहरु नबसेपछि बैठक स्थगित गरेका थिए । रातोपाटी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *