Sajhamanch Archive

बिराट अर्जुनको रक्तदानमा १२० ले गरे रगत दान

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोडस्थित बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा २४ जना महिलासहित १२० जनाले रगत दान गरेका थिए ।

संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल रहेकी थिइन् ।

सो अवसरम ५० पल्ट भन्दा बढी रगत दान गर्ने दिपेश वैध,सन्तोष अग्रवाल,असारु राजवंशी,नेत्रविक्रम विमली,ओमप्रकाश लुइँटेल,तोर्णवक्रम कार्को र दिपक संग्रौलालाई सम्मानित गरिएको थियो ।

त्यस्तै ४२ पल्ट रगत दान गर्ने भूपेन्द्र भण्डारी र १४ पटक रगत दिने दृष्टिविहीन चन्द्र भट्टराईलाई सम्मान गरिएको थियो ।

उक्त रक्तदान कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम शिवाकोटीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *