Sajhamanch Archive

निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

कमल । कमल गाँँउपालिका ३ सानो केर्खामा दुई दिवशीय निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ९६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

सेना दिवसको अवसरमा श्री नम्वर २१ वाहिनी अड्डा तोपगाछी व्यारेक र श्री नयाँ श्रीनाथ गण चारआली व्यारेको आयोजनामा सन्चालित शिविरको पहिलो दिन १ सय ५६ जनाको स्वास्थ्य परीक्षण गरिएको श्री नम्वर २१ वाहिनी अड्डाका वाहिनीपती आश बहादुर तामाङ्गले जनाकारी दिए ।

त्यसैगरी दोस्रो दिन शिविरमा २ सय ४० जनाले आँखा परीक्षण गराएका थिए । दास्रो दिनको शिविर दुर्गादेवी सामुदायिक केन्द्र, श्री नम्वर २१ वाहिनी अड्डा तोपगाछी व्यारेकको आयोजना र किराँतेश्वर शिवपान्चायन मन्दिरको व्यवस्थापनमा सञ्चालित शिविरमा मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोग रहेको थियो । जसमा ७ जना कारण थप को मोती बिन्दु देखिएपछि उपचारका लागि मेची आँखा अस्पताल पठाएको छ । शिविरमा आवश्यक पर्ने औषधी स्वास्थ्य कार्यालय भद्रपुरले उपलब्ध गराएको स्वास्थ्य कार्यालय झापाको फोकलन पर्सन जिवन चौलागाईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *