Sajhamanch Archive

जुवा खालबाट सामाजिक क्षेत्रमा नाम चलेका ८ जना पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । गए राती इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका सवै सामाजिक क्षेत्रमा नाम चलेका ब्यक्ति र राजनीतिक दलका स्थानीय नेता समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय गौरादह नगरपालिका वडा नम्बर ९ का दिनेश पोख्रेलको घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट कौडा र नगद वरामद भएको छ । स्थानीयले दिएको सुचनाको १५ मिनेटमा प्रहरीले जुवा खेलिरहेको घर घेरा हालेको थियो ।

प्रहरीले पोख्रेलको घर घेरा हालेर जुवाडे पक्राउ गरेपछी स्थानीयबासी पुगेका थिए । प्रहरीले १६ थान कौडा ,मोबाईल ७ थान र नगद ९१ हजार ३ सय ८० रुपैंया बरामद गरेको ईलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पंडितले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सवै गौरादह ९ बैगुनधुराका बासिन्दा हुन् । प्रहरीले ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङगाना, गोपाल पोख्रेल, महेश निरौला, रोहित बस्नेत, नेत्र पोख्रेल र गोपाल ढकाल पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सवैलाई जुवा ऐन अन्तर्गत कारवाही हुने दमक प्रहरीका प्रहरी नायव उपरिक्षक पण्डितले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *