Sajhamanch Archive

बसको ठक्करबाट घाइते भएका भट्टको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

कैलाली । कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका वडा नं.८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शुक्रबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका बडैपुरमा ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका भट्टको कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक नारायण विष्टले जानकारी दिए ।

अर्का घाइते डडेल्धुराको परशुरामका २५ वर्षीय खेमराज भट्टको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *