Sajhamanch Archive

प्रधानमन्त्री ओली पनि एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा : प्रचण्ड

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

नवलपुर । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको बताएका छन् ।

नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन आज बिहान नवलपुर आइपुगेका अध्यक्ष प्रचण्डले आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसमेत एमसीसीलाई परिमार्जन गर्ने पक्षमा रहेको बताए ।

विहीबार बालुवाटारमा अमेरिकी सांसदहरुको टोलीलाई एमसीसी सम्झौता परिमार्जन नै गर्न नसकिने बाइबल होइन भन्ने जवाफ प्रधानमन्त्री ओलीले दिएको अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बताए ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *