Sajhamanch Archive

भजन गायन प्रतियोगितामा श्री राष्ट्रिय रमणीय प्रथम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

शिवसताक्षी । महाशिवरात्रीको अवसरमा शिवसताक्षीको दूधेमा आयोजित भजन गायन प्रतियोगितामा श्री राष्ट्रिय रमणीय परिवार प्रथम भएको छ ।

शिव पाञ्चायन मन्दिर विकास समितिको आयोजनामा भएको प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका भाई बहिनीहरुको भजन गायन उत्कृष्ट ठहरिदै प्रथम स्थान हासिल गरेको हो ।

त्यस्तै धार्मिक एकता कीर्तन मण्डली द्वितीय र सरस्वती कीर्तन मण्डलीे तृतीय र सीर्जनशील कीर्तन मण्डलीले चौथो स्थान हासिल गरेका हुन् । उनीहरुले क्रमशः १२ हजार, ७ हजार, ५ हजार र सान्तवना पुरस्कार १ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेको शिवपाञ्चयान मन्दिर विकास समितिका सचिव गोविन्द काफ्लेले जानकारी दिए ।

त्यस्तै भजन नृत्य प्रतियोगितामा श्री राष्ट्रिय रमणीय प्रथम, शिव पाञ्चायन मन्दिर द्वितीय, आपटारी कीर्तन मण्डली तृतीय र सरस्वती भजन मण्डलीले चौथो स्थान हासिल गरेका थिए । उनीहरुले क्रमशः ११ हजार, ७ हजार, ५हजार र सान्वताना पुरस्कार १ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा समाजमा धार्मिक सहिष्णुताको विकास गर्दै सभ्य र सु–संस्कृत समाजको निर्माणका लागि भजन प्रतियोगिता गराइएको शिवपाञ्चान मन्दिर विकास समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गाप्रसाद भट्टराईले बताए । उनले यस्ता कार्यक्रमले नव भजन गायक गायिककाहरुलाई प्रोत्साहन हुने समेत जानकारी दिए । प्रतियोगितामा संगीतकार ध्रव पाठक र भजन गायिका तुलसा पाठकले सहजीकरण गरेका थिए ।

यसैबीच कार्यक्रममा शिवपाञ्चायन मन्दिर निर्माणका लागि जग्गा दाता स्व. हरिप्रसाद अधिकारी र दमन्ता अधिकारीको योगदानलाई कदर गर्दै उनका छोरा बुहारी पिताम अधिकारी र दमन्ता अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा श्री गोलोक गोद्र्धन गौशालाका आचार्य मदनमोहन अधिकारीले शिवरात्रीको बारेमा मन्तव्य राखेका थिए भने भुतपस्वी वृन्दा बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम शुक्रबार साँझ सतासीधाम सामुदायिक अध्ययन केन्द्रको भवनमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *