Sajhamanch Archive

गोकुल बाँस्कोटालाई छुट दिइँदैन : प्रचण्ड

Published: in राजनीति by .

नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् ।

शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा ७० करोड बढी कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । कोही पनि गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौ । म अहिले यतिमात्रै भन्न चाहन्छु ।’

प्रचण्डले भ्रष्टाचार नियन्त्रणलगायतका सवालमा पार्टीभित्र गम्भीर छलफल हुने जानकारी दिँदै यससहित एमसीसीको विषयमा छलफल गर्न शनिबार अपरान्ह सचिवालय बैठक बोलाइएको बताए ।

उनले भने, ‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ अनुसन्धान गहिर्याउनु पर्ने र दोषीलाई कारबाहीको कठघरासम्म पुर्याउनै पर्ने र एउटा नयाँ युगतिर देशलाई लैजानका निम्ति निकै कठोर कदम चाल्नैपर्ने आवश्यकताबारे बैठकमा बहस हुन्छ ।’

उनले प्राकृतिक चिकित्सालको आवश्यकता र महत्वको बारेमा पनि सो क्रममा चर्चा गरेका थिए । उनले यस्ता चिकित्सालयलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए । रातोपाटी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *