Sajhamanch Archive

प्रधानमन्त्रीको जन्मदिन मनाउन सजाइयो आठराईको घर

Published: in मुख्य समाचार by .

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउन उनको पुर्ख्यौली गाउँ तेह्रथुमको आठराईस्थित इवाको घर सजाइएको छ। ६९ औँ जन्मदिन मनाउने क्रममा ओली आइतवारै हेलिकोप्टरबाट तेह्रथुम पुग्दैछन् । उनले आइतवार बिहानै बालुवाटारमा पत्नी राधिकासहितको उपस्थितिमा जन्मिदनको सेलिब्रेसन सुरु गरे।

उनलाई उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गुलाबको माला लगाइदिएर जन्मदिनको शुभकामना दिए। ओलीको जन्मदिन मनाउन आठराई गाउँपालिकाले आज स्थानीय बिदा दिएको जानकारी अध्यक्ष मानबहादुर लिम्बुले दिएका छन्। झापा बसाइँ सर्ने क्रममा एक पटक बेचेर पनि किनेको पुर्ख्यौली घरमा जन्मदिन मनाउन ओली पुग्ने भएपछि स्थानीय र उनका बालसखा स्वागतका लागि कुरिरहेका छन्। ओली आउने भएपछि घरै अगाडि हेलिप्याड बनाइएको छ।

प्रधानमन्त्री जन्मदिन मनाउन आउने भएपछि गाउँपालिकामा आइतबारका लागि स्थानीय बिदा दिएका छौं,’अध्यक्ष लिम्बूले भने। प्रधानमन्त्री आउने भएपछि आठराईका विभिन्‍न चोकमा स्वागतद्वार बनाइएको छ । इवास्थित जन्मघरबाट आइतवार प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। मदनको घर जोड्ने सडक शिलान्यास त्यसक्रममा प्रधानमन्त्रीले ताप्लेजुङको ढुंगेसाँघुस्थित नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको घरसम्म जाने सडक पनि शिलान्यास गर्दैछन्।

त्यसअघि उनले छिमेकी जिल्ला पाँचथरको कुम्यायक गाउँपालिकास्थित तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट लगिएको खानेपानी आयोजनाको उद्घाटन गर्नेछन् । जन्मदिन मनाउने क्रममै ओलीले आफ्नो जन्मथलो तेह्रथुम जाँदै उनले तेह्रथुमको छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुस्थित मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने छन्।

ओलीले आजै स्थानीय २ हजार विद्यार्थीलाई प्रधानमन्त्रीको तस्बिर र हस्ताक्षरसहितको डायरी, कलमसहितको शैक्षिक सामाग्री दिने भएका छन्। प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन दिइसकेको छ। त्यसैगरी स्थानीय २ सय जना वृद्धवृद्धालाई न्यानो कपडा पनि गरिने गाउँपालिका अध्यक्ष लिम्बुले बताए। आठराईमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिकसहित दुईवटा क्याम्पस र नौवटा माविसहित ५८ विद्यालय छन्।
थाहा खबर बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *