Sajhamanch Archive

सशस्त्रद्वारा कागजात नभएको भारतीय जीप र १० लाख बढीको सामान बरामद

Published: in राष्ट्रिय समाचार by .

सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाँउपालिका १ बाट फागुन ९ गते एपीएफ टोलीले करीब २ लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका ५ डगरीबाट कागजपत्र नभएको भारतीय नम्बर प्लेटको एउटा मार्सल जीप फागुन १० गते एपीएफ टोलीले बरामद गरेको छ ।

यू पी ५५ ए ८९१८ नम्बरको भारतीय मार्सल जीपलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा जीपको कागजपत्र नभएपछि बरामद गरिएको हो ।

बरामद जीप एपीएफ टोलीले भन्सार कार्यालय सुनौलीमा बुझाएको छ । बरामद जीपको भन्सार दखिला मूल्य ८ लाख ५० हजार रुपैयाँ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *