Sajhamanch Archive

फेसबुक बुहारी समूहले ट्युमर भएका चार दिने शिशुलाई आर्थिक सहयोग

Published: in समाज by .

झापा । बिबाहित महिलाहरुले संचालन गरेको बुहारी समूह म्यारिड ओमन सर्कल )नामक फेसबुक समूह झापाले चार दिनका एक शिशुलाई उपचारका लागि नगद ४९ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छ ।

नसामा पलाएको ट्युमरका कारण मर्नु न बाँच्नुको अवस्थामा पुगेका शिशुको सफल अप्रेशन भएपनि अस्पतालको शुल्क बुझाउन नसकी छटपटाइरहेका बाबु आमालाई फेसबुकको बुहारी समूहले आर्थिक सहयोग गरेको हो ।

रविना र मनकुमार राजवंशीका छोरा जन्मेको चार दिनमै नसामा ट्यूमर देखा परेपछि विर्तामोडस्थित बीएण्डसी अस्पतालमा शिशुको अप्रेशन गरिएको थियो । अप्रेशन भएपनि अस्पतालमा बुझाउनु पर्ने रकम बुझाउन नसकेर आतिएका शिशुका बाबुले सबैसँग सहयोगको अपिल गरेका थिए ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारको बिल भर्न नसक्दा शिशुको डिस्चार्ज नभएको कुरा बुहारी समूहले थाहा पाएपछि शिशुका बाबु मनकुमारलाई नगद ४९ हजार रुपैयाको चेक अस्पतालमा पुगेर हस्तान्तरण गरेको थियो ।

गत २०७४ जेठ ११ गते गठन भएको विवाहित महिलाहरुको सो समूुह महिलाहरुलाई आत्मानिर्भर बनाउदै विभिन्न सिपमूलक कार्यक्रम संचालन गर्नै मुख्य उद्धेश्य रहेको भएपनि समूहले छोटो अवधिमा विभिन्न व्यक्ति तथा संस्थालाई आर्थीक सहयोग गरेर सामाजिक तथा मानवीय क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएका छन ।

समूहले खुशीव चाइल्ड केयर सेन्टरका बालबालिकालाई खाद्यान्न, काठमाण्डौकी किड्नीकी बिरामी लक्ष्मी रानालाई नगद १० हजार आर्थिक सहयोग गरेका
छ । त्यसैगरी ब्लड क्यान्सर पिडित सवनम खातुनलाई नगद ४० हजार सहयोग लगायत तराईका बाढी पीडितलाई नगद ३० हजार सहयोग गरेको समूहकी राधा आचार्य बस्नेतले बताईन् । समूहमा देश तथा बिदेशका गरी करिब ६ हजार विवाहित महिलाहरु सलग्न रहेका छन ।

राधा आचार्य बस्नेत, इन्दिरा आचार्य, रविना शर्मा, आरती पनेरु, उर्मिला गौतम, ग्रिस्मा खरेल, बन्दना दाहाल, आशिका दाहाल र निशा गजुरेल लगायतका बुहारी समहले विर्तामोड स्थित बीएण्डसी अस्पतालमा पुगेर शिशुका अभिभावकलाई चेक हस्तान्तरण गरेको समहकी एड्िमन प्रभा आचार्यले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *