Sajhamanch Archive

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने चारजना पक्राउ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ परेका छन् ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा पुगेका प्रधानमन्त्रीलाई विमानस्थलमा नेविसंघ र समाजवादी पार्टीका विद्यार्थीले कालो झण्डा देखाएका थिए ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन् ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सुनेर पनि बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *