सामाजिक उत्तरदायित्व वहन गर्दै खुद्रा साकोस
Published: (Updated: )
by .
शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको श्री खुद्रा बचत तथा ऋण सहकारी संस्थाले खानेपानीको ट्यांकी र ट्यांकी स्टेण्ड हस्तान्तरण गरेको छ । सोमबार सहकारीको कार्यालय एक कार्यक्रम गरी माइधाम मुक्ति घाटका लागि पानीको ट्यांकी हस्तान्तरण गरिएको हो ।
सहकारी अध्यक्ष नारायण प्रसाद बजगाईं, उपाध्यक्ष जापान थेवे, ऋण संयोजक अग्निप्रसाद दुलाल लगायतले माइधाम मुक्ति घाट व्यवस्थापन समितिको उपाध्यक्ष मोहन सुवेदीलाई हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।
सहकारीले वित्तिय कारबार मात्र नगरी समाजिक उत्तरदायित्व बहन गर्दै समाज रुपान्तरणमा अहम भूमिका खेल्ने भएकाले मुक्ति घाटमा पानी व्यवस्थानलागि २ हजार लिटर पानी ट्यांकी र स्टेण्ड हस्तान्तरण गरेको बताए । उनले ४७ हजार मूल्य बराबरको सामाग्री हस्तान्तरण गरेको समेत जानकारी दिए ।
सहकारीले यस अघि पनि शिवसताक्षी लान्यन्स क्लबसँग साझेदारी गरेर दूधे शिवगञ्ज सडकको दूधे बजारमा धुपी सँगै गमला राखेर उदारणीय काम गरेको थियो ।
Comments