Sajhamanch Archive

गगन थापाद्धारा प्रधानमन्त्री राजीनामा माग

Published: (Updated: ) in राजनीति by .

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे ।

उनले भने, ‘संख्या तपाइँसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाइँले गुमाउनु भएको छ । त्यसैले सम्माननिय प्रधानमन्त्रीजी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाइँ स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’

थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघिनै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गरे ।

थापाले डाडाँकाडा र तालतलैया डुलेर बस्नुभन्दा प्रधानमन्त्रीले संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताए । उनले भने, ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् रु’, उनले अगाडि भने, ‘हिम्मत छ की छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनैपर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ । सम्मानीय प्रधानमन्त्री डाँडाकाडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन, सही प्रश्नहरु सोध्नेछौँ ।’’ रातोपाटी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *