Sajhamanch Archive

सहकारीकर्मीलाई उत्प्रेरणात्मक तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापा जिल्ला सहकारी संघको आयोजना तथा साहारा नेपाल साकोसको प्रयोजनमा उत्प्रेरणात्मक तालिम मंगलबार सम्पन्न भएको छ ।

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा चारपानेमा आयोजित कार्यक्रममा २०० बढी सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

उक्त तालिमको सहजीकरण उत्प्रेरणात्मक प्रवचक राजु घलेले गरेका थिए  । घलेले मानिसहरुमा तनाब कसरी सृजना हुन्छ र त्यसलाई कसरी अन्त्य गर्नु पर्छ भन्ने विषयमा सहभागीलाई सुझाएका थिए ।

घलेले सन्तुष्टि कसरी प्राप्त गर्ने र मनमा शान्ति र खुसी ल्याउन के गर्नुपर्छ भनेर सहभागीहरुलाई अवगत गराएका थिए । उनले सहभागीहरु सहकारीकर्मीहरुलाई विभिन्न टिप्स् दिँदै संस्थामा रहँदा आफना कर्मचारीलाई कस्तो व्यवहार गर्ने भन्ने समेत बताएका थिए ।

संघका अध्यक्ष ढकालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन संघका सचिव युवराज ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *