Sajhamanch Archive

नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

Published: in राष्ट्रिय समाचार by .

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने भएका छन् । उनले सुरुवातमा अभियानको रुपमा त्यसपछि पार्टी खोल्ने भएका हुन् ।

उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका छन् । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताए । अभियानमा भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए ।

सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार पार्टी खोल्ने भएका हुन् । उनी २०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए ।

खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *