Sajhamanch Archive

‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’बाट चारजना सम्मानित हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । पूर्वबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले प्रकाशनको २५ वर्ष पुगेको सुखद अवसरमा रजत महोत्सवको तयारी गरेको छ ।

दैनिकले महोत्सवको अवसरमा पुस्तक लोकार्पण,पुरस्कार वितरण,सम्मान,फोटो प्रदर्शनी,व्यङ्ग्य चित्र प्रदर्शनी र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

दैनिकले पत्रकारिता विषयका विविध पक्ष समेटेर प्रकाशित “पूर्वाञ्चल” विशेषाङ्कको लोकार्पण गरिने बताइएको छ । त्यस्तै दैनिकका तत्कालिन प्रधान सम्पादक मदन ढकालको सम्झनामा स्थापित ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ २०७५ बाट मुलुककै पत्रकारितकाको क्षेत्रमा योगदान पुर्याउने अग्रज पत्रकार नकुल काजी र चन्द्र भण्डारी त्यसैगरी ०७६ बाट चिन्तामणि दाहाल र लिला बराललाई नगद १५ हजारसहित सम्मान गरिने दैनिकका प्रधान सम्पादक एकराज गिरीले बताए ।

दैनिकले पूर्वाञ्चल दैनिकको स्थापनाकालदेखि सेवारत् पत्रिकाका डेस्क सम्पादक लक्ष्मण ढकाललाई “उत्कृष्ट पत्रकार” र व्यवस्थापक चन्द्रकान्त ढकाललाई “उत्कृष्ट व्यवस्थापक”का रुपमा सम्मान गरिने गिरीले जानकारी दिए ।

मोफसलमै पहिलोपटक अफसेट प्रविधि भित्रयाउन सफल पूर्वाञ्चल दैनिकको रजत महोत्सवको समुद्घाटन आगामी फाल्गुन १८ गते प्रदेश नं.१ का प्रमुख माननीय सोमनाथ अधिकारी “प्यासी” ले गर्ने बताइएको छ ।

उपस्थित पत्रकारलाई दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले मन्तव्यबाट स्वागत गरेको पत्रकार सम्मेलनको सञ्चालन डेस्क सम्पादक लक्ष्मण ढकालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *